भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दर्पण / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अथाह गहमा अबीर छर्केर
चट्टानको तटिनीमा नाच्दा नाच्दै
सहाराजि डिलमा लालीगुराँस रोपेर
निर्मल निर्मल् गंगाजल
रकेटबाट खसाउँदा खसाउँदै
आकृतिहिन मानब आकृतिहिन पञ्जामा
अभौतिक ग्रह,
नचाउनु/हुत्याउनु किन नपरोस्
म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’
लँगुरबुर्जाको गोटी घोल्दै
एकछिनपछि पछारेर
त्यसका अनुहारमा आएका
परिबर्तनका प्रतिकहरु
उभिएको छु बगरमा सागरको
सबथोक ऐनामा देखिरहेको छु
काला हत्केला र काला प्रदेशका
चलचित्रका बर्गीय जीवहरु
अब्यक्त गहिराईको दहमा भास्सिएर
कैदी निस्कन असमर्थ भएको छु
संधै संधै सपनामा
काला जल्लाहदहरुले घोरिएको पाउँछु
म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’
आस्था! आस्था! सिर्फ कोठामा सिमित
राम-धुनमा
अधिनायकत्व कायम गरेर बसेको छ कि?
कृष्ण बाँसुरीमा छ कि?
कता/कहाँ छ खोई?
मष्तिस्कमा कार्यतालिका छपक्क बिछ्याएर
राज-रसता स्पर्श गर्ने प्रबल आकाँक्षा
लुकाएर मृत्यु ट्याब्लेट
ग्रामिणीको भोजनमा
उन्मुक्त हावामा
रातो कपडाको टुक्रा फरफराउँदै
स्वतन्त्र !!! एउटा आवाज बोल्छु म ।