भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
दिन हो सधैँ एकै हुन्न परिवर्तन हुन्छ / मञ्जुल
Kavita Kosh से
नदी
दिन हो सधैँ एकै हुन्न परिवर्तन हुन्छ
तुषारोले खाने फूललाई वसन्तले छुन्छ
तिमी त झन् पहाड न हौ धैर्य तिम्रो नाउँ
घाम-जून पालैपालो गरी हाँस्ने ठाउँ
आकाशले आकाश भई धर्म थाम्यो भने
पहाडले पहाड भई धर्म थाम्यो भने
धरतीको सौन्दर्य यो खेर जान्न कैले
धर्ती विरूप हुन्छ बुझ्यौ ! पहाड ढल्छ जैले
हाँसो मात्र जीवन हैन आँसु पनि जीवन
आँसु-हाँसो मिली बस्ने सङ्घर्ष झन् जीवन
आफू जे हौ त्यसलाई चिन, जिन्दगीलाई चिन
प्रिय पहाड ! एकदिन आउँछ तिमी हाँस्ने दिन ।