भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नबोलाऊ कसैलाई यहाँ राति राति / भीम विराग
Kavita Kosh से
नबोलाऊ कसैलाई यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति
गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति
हुँदैन जसको बिपना नै आफ्नो
आउँदैन सपना पनि राति राति
उज्यालोमा बदनाम आँखाहरू हुन्छ
नहुने के रैछ यहाँ राति राति
दिनभरि खाएँ तिमीसँग कसम
लड्खडाउँदै आएँ सधैँ राति राति