Last modified on 21 मई 2017, at 12:54

पोहोर साल खुशी फाट्दा / राजेन्द्र थापा

पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो

स्वास फेरेजस्तो लाग्छ, तर भन्छन् मरी सकेँ
मेरो भाग्य यति नै हो, भोगचलन गरी सकेँ
सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे जोढ्थेँ बरू, तर मन सिउने केले हो

सुख के हो दुःख के हो, मनले खोज्ने खुशी के हो
भावीले निधारमा कर्म, लेखिदिने मसी के हो
कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्थेँ बरु, तर मन जोड्ने के ले हो?