Last modified on 6 जुलाई 2020, at 10:36

फूल थियो यो हातमा छुरी थिएन / रवि प्राञ्जल

फूल थियो यो हातमा छुरी थिएन
स्वीकार गर्न कसैलाई मञ्जुरी थिएन

आँखालेनै मनका कुरा सबै बोलिदियो
मुख खोली रहनु जरुरी थिएन

थाहा छैन अनायासै किन बिछोड भयो
मुटुसँगै मुटु थियो दूरी थिएन

रुवाउन सकिएन अझै उनीलाई
मुटुको यो उच्छ्वास थियो, हुरी थिएन

लिलाम हुने कुरै थेन ‘रवि’ बजारमा
ठेला थियो यो हातमा चुरी थिएन