भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बूढेसकाल / अबीर खालिङ
Kavita Kosh से
वैदिकताका भारले
अभिशप्त मेरा वाणीहरू
नातिको क्रिकेट क्रेजमा हराउँछ
र् उदाउँछ उदासीको जून
मेरो विचारको आकाशमा ।
स्खलित उद्देश्यले
आत्माहत्या गरिरहन्छ
बिहानको घाममा कि न्युजपेपरमा ।
अस्पस्टताको चस्माले
हेरिरहन्छ दृश्य
रुग्णताको कोट ओडेर शरीर
उगिँबस्छ झ्यालमा ।
जिन्दगीको ढोकाभरी
झरेका छन उमेरका पातहरू ।
टेक्दैहिँडेको एउटा नस्टालजिक
यात्राको हेङओभर ।
कति पाइलाहरू पानीमा बगे
कति बगरमा खसे
गन्दैछु खुट्टाको नङहरूमा ।