Last modified on 13 जुलाई 2018, at 08:43

भन्न पनि पाइँदैन / मनु ब्राजाकी


बिर्सिएछु भन्न पनि पाइँदैन ।
यस्तो जाबो माया अब लाइँदैन ।

भोकसित साटिएको जुठोपुरा,
अबदेखि मीठो मानी खाइँदैन ।

बिदाइमा रमाउन थालेको छु,
भेट हुँदा स्वागतगान गाइँदैन।

यौटा कुरा भनुँभन्दा जीवन बित्यो,
त्यही बित्या जीवन फेरि चाहिँदैन।

एकचोटि जन्मेपछि पुगिहाल्यो,
बाराम्बार मर्न अब आइँदैन