मनसुनबाट भागेर
एक अंगालो वर्षात
निर्वाद झरिदिन्छ
झमझम ममाथि
र पोखिदिन्छ
भित्र कतै छरिएका
तिम्रा यादहरु ल्याएर आखाभरि।
पर,
एकान्तमा एक्लै,
म यो मौसम
मनसुन र वर्षा
अथवा
तिम्रै यादसग पनि
रमाइरहन्छु अचेल।
यी तरङ्गहरु कतै भाग्छन्
रपनि आफ्ना छन्,
यी छिटाहरु पानी हुन्
रपनि न्याना लाग्छन्
जो सधैं
तिमीलाई बोकेर
मेरो आकांक्षासम्म आइपुग्छन्।
उनीहरुसगै
म हेरिरहेछु तिमीलाई
म छोइरहेछु तिमीलाई,
ब्रम्हाडको पल्लो छेऊपनि
नजीक आइपुग्छ
र छेवैबाट गुज्रन्छ
तिम्रो स्पर्श दिएर
यो हावासगै।
यो हावासगै
म पनि त तिमीसम्म आइपुगेको छु
सुस्तरी छोएर हेर त !