Last modified on 16 जुलाई 2017, at 09:41

मसिनो जुँगा दाह्रीमा राजेश्वर रेग्मी / राजेश्वर रेग्मी


मसिनो जुँगा दाह्रीमा राजेश्वर रेग्मी
जिन्दगी विघटनको तयारीमा राजेश्वर रेग्मी

देखेर मान्छेका नियति र विवशता
अल्झन र दिक्दारीमा राजेश्वर रेग्मी

पुग्न सकेको छैन ऊ अझैसम्म पनि
साथीभाइको हाराहारीमा राजेश्वर रेग्मी

मृत्यु अलिक परै छ, उमेरको डरले
बाँच्नुको लाचारीमा राजेश्वर रेग्मी