भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
म सानो / हिरण्य भोजपुरे
Kavita Kosh से
म सानो, घाम, जून र आकाश सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो
म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।
दुबोको तरेली र तरेलीमा लझने दुई थोप शीत
ठूलो – ठूलो – ठूलो नै ठूलो
म ठूलो, मेरो आँखाको आँसु नै ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।album cover - ek anjuli gham
बाँच्न खोज्ने र हाँस्न खोज्ने जीवनहरु
सानो-सानो, सानो नै सानो
ऊ सानो, हामी सबै नै सानो नै सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो ।
म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।