Last modified on 16 जुलाई 2017, at 09:34

यो के भयो, भयो देशमा / राजेश्वर रेग्मी


यो के भयो– भयो देशमा, हरे शिव !
हराउँछौ कि एक निमेषमा हरे शिव !

कसैले केही बताउनै चाहँदैनन् !
रहस्य छ पक्कै यसमा, हरे शिव !

खेलहरु खेल्न सबै छोडी दिएर
लागे ‘चियर रेस’मा, हरे शिव !

के देखेको आज यो हामीहरुले,
किन आयौ यस्तो भेषमा, हरे शिव !

भागे भने सबै जसो यहाँबाट,
लुकिदिन्छु म त तिम्रो केशमा, हरे शिव !