भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो मन्दिर, मस्जिद / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो सधैँ आफूभन्दा

खसे एक इँटा मेरो छाती दुख्छ
झरे यस्को छानु मेरै शिर झुक्छ
नियालूँ सधैँ म यो सम्पन्न शोभा
उघारेर मनका सबै झ्याल–ढोका

कला देख्छ कोही, कोही भेट्छ धर्म
यो हो कल्प–कल्प नयाँ लाग्ने कर्म
यिनै हुन् चिनारी— मेरो नाम छोप्दा
इतिहासमा आफ्नो अनुहार खोज्दा