[१९७१ सन्को पाक-भारत युद्धमा मर्ने गोर्खाली सैनिकहरुको नाउँमा]
एउटा निस्तब्ध रातको घेरामा
यसबेला कोठामा म एक्लै छु
केही क्षण अघि रेडियो बोलिरहेथेयो भारतपाक सिमानाका कुरा
नरसंहार र पाशविकताका धेरै-धेरै उद्घोषहरु,
मलाई सरोकार नभै-नभै पनि किन-किन छोइरहेछ
त्यस लडाइँले
घरी-घरी पुगिरहेछ मस्तिष्क सीमान्तका ती ट्रेञ्चहरुमा
जहाँ व्यर्थै लडिरह्छन् गोर्खालीहरु !
जहाँ व्यर्थै मरिरह्छन् गोर्खालीहरु !!
ती जो त्यहाँ मर्ने नजानी मरिरहेछन्
तिनका लागि आफ्नै देशमा मर्ने ठाउँ पर्याप्त छ
तिनले यहाँ भीरमा सडक बनाउँदै मरे हुन्छ
नदी-नालाहरुमा पुल हाल्दै गरे हुन्छ
मर्नु नै छ भने नेपाल बनाउँदै गरे हुन्छ ।
तर म कति निःसहाय छु यस अन्धकारमा
तिनलाई त्यति भन्नसम्म सकिरहेको छैन
र छटपटाइरह्को छु एक्लै यो कोटाभित्र
त्यसभन्दा पर म मरेन नै के सक्छु यस अन्धकारमा ?
त्यसैले आजको यो रक्सी तिनै मरेनेहरुको नाउँमा
मुक्ति मलाई पनि चाहिएको छ यस अन्धकारबाट
त्यसैले आजको यो मात यही अन्धकारको नाउँमा ।