साँगुरो थियो हाम्रो घरको भर्याङ
हाम्रो घरको भर्याङ
आसपास खेल्ने र
तल माथि कुद्ने ठाउँ होओस् भन्ने थियो ।
सेतो होओस् भन्ने थियो
आकाशगङ्गा जस्तै चम्किलो भन्ने थियो ।
हाम्रो घरको भर्याङले
सधैँ हाँस्नेछ भन्ने थियो।
बतासले आक्रमण गर्यो, रातो थियो साइरन ।
साइरनले सराप्यो हाम्रो भर्याङलाई,
प्रदुषित गरिदियो अन्धकार र मैलो र दुर्गन्ध छरेर
घृणाजस्तै गनाउँथ्यो त्यो साइरन ।
हाम्रो घरको भर्याङ
आफैँभत्कियो साइरनको डरले
र गहिरो खाडल बन्यो।
अध्याँरो, रित्तो र सुख्खा।
र टाउको नभएका दुस्वप्नहरू जन्माए मेरा सपनाले त्यसभित्र
आवाजका अनेक पत्रभित्र बेरिएका- जेट र ब्वाँसाहरूका गर्जनका ।
भर्याङको छानामा
आफ्नो टाउको ठोक्नु हुन्थ्यो मेरी आमा
वहाँका आखाँमा आएर उफ्रन्थ्यो बहाँको धड्कन,
पृथ्वी च्यातिएर वहाँलाई वहाँको धर्मिक छिमेकीका गोडामुनि किच्चिइन पुर्याउने त हैन कतै
भन्ने डरले
त्यही छिमेकी जसले लगातार प्रशंसा गरिरह्यो ईश्वरको
युद्धको शर्तविहीन प्रसाद पाउनका लागि।
र मेरा बा
आफ्ना आँखाका गोलीले हान्नु हुन्थ्यो मेरा हातमा
र तेहरान...
कल्पनासमेत गरेको थिएन कहिल्यै
यो यति धेरै रातो होला भनेर।
यसको रातो आकाश र रातो धरतीले
चट्टयाङ जस्तै गडगडाउँदै र थर्किँदै
क्रोधपूर्ण आक्रमण गरे हाम्रो भर्याङलाई ।
तर भोली त जहिल्यै पनि अर्को दिन हुने गर्छ!
अर्को दिन जब धरती फेरि गर्भवती भइन्
मेरा अनेकौँ साथीहरूका छिनाइएका हातगोडा ग्रहण गरेर।
हाम्रो इतिहासको कक्षामा मैले सर्याप्प खानसक्ने
नयाँ झूटहरूले भरिएको एउटा दिन-
र स्कूल विश्वस्त थियो भूगोलका पाठका बेला
उसले बस्ने ठाउँ पाउनेछ भनेर
अनि ईश्वर...
ईश्वर त सधैँ नै हाइ काढेर बस्ने त हो ।