भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लाखौँ आँखा आकाशका / चेतन कार्की
Kavita Kosh से
लाखौँ आँखा आकाशका, तर ऊ देख्दैन
मैले किन चारैतिर, माया देख्छु हँ ?
ढल्ले कल्ले कल्ले खन्यो, हिँड्ने बाटो यो
लर्बराउँछ पाइला किन, जब टेक्छु हँ ?
घोडा चढे लडिन्छ भो, अहँ म चढ्दिनँ
कल्पनामा कति कति चढिसक्या छु
मान्छे चढ्यो जूनमा
हा हा ..चाइने कुरा हो ?
मान्छे चढ्यो जूनमा, कसरी मानूँ म
मैले जून छुन खोज्दा डढिसक्या छु
जल्ले बल्ले कल्ले लुट्यो, मेरो जिन्दगी
दुईटा कुरा गर्नु थियो, कहिले भेट्छु हँ ?
कोहीले भने सूनकै फूल लाउने-खाने रे
मनको कुरा खोल्नै नपाई ओइली झरेछ
बाहिरभन्दा भित्र फोहोर केले धुने हो ?
जताततै बाढी यहाँ जूका पर्या छ
मनकी देवी परदेसिँदा कल्ले रोक्यो र
ज्यान गए जान्छ, को पो जिउँदो देख्छु म ?