भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
विन्ती ! तिमी मान्छे नवन / सविता गौतम दाहाल
Kavita Kosh से
तिमी फूल बन
म फूलवारी जान सक्छु
सुवास र सौन्दर्यको सिढीं उक्लदै
घण्टौ विताउन सक्छु
कुनै प्रश्न मलाई त्यँहा विझदैन् ।
तिमी पानी बन
कलकल बहेको निहारेर सदियौं विताउन सक्छु
आक्षेपहरुले पानीप्रिय भन्लान
सजिलै खप्न सक्छु ।
वरु, तिमी घाम वन
आफ्नै अश्रूसगैं नियालेर इन्द्रेनी वन्न सक्छु
जाडो याम सगैं बस्छु
प्रचण्ड भयौ भने पातहरुवीचबाट सुटुक्क चिहाउदै लुकामारी खेल्छु ।
बाटोनै बन्यौ भनेपनि
चौतारी विसाउदै
त्यँहा अथक पाइला चाली रहन सक्छु
सगैं हुनुको आनन्द
केवल, बटूवा भएर पाउन सक्छु ।
विन्ती ! तिमी मान्छे नवन
म कसैगरी तिमीलाई आफ्नो समीप पाउन सक्दिन् ।