Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

यो अझ चिहानबाट बौराउन खोजिरहेछ
यसको ठिक छैन चाला
यसको छाला बाहिरबाट काला
भित्र पनि काला
मरिसक्यो भनेको त
अझ रहेछ यसको ढुकढुकि
कस्तो ज्याद्रो रहेछ यो साला
यसलाई अब कहिल्यै नउठ्ने गरेर घोच्नुपर्छ
मान्छेहरु !
खोई,
यता लेऊ भाला ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits