भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
<poem>
म हेरिरहेको छु रुखलार्इ। रुखलाई।
रुख टुक्राटुक्रामा बाँच्दैन।
जबसम्म बाँच्छ,
घाममा घाम खान पाए पुग्यो
जून आए जूनसँगै रम्छ,
नआए अँध्यारासँगै खेल्छ।
जरा उखेलिएर आकाशमा उडेको कल्पना गर्दैन रुख।
जरा जति उभिने माटो पाए चाहिँदैन उसलार्इ उसलाई केही
हाँगा र पातभन्दा ज्यादा सपना देख्दैन रुख
छर्दैन रहरहरूलार्इ रहरहरूलाई आफ्नो सामर्य् भन्दा टाढा पुग्नेगरी।
बाँच्नुको दौडधुपबाट लखतरान
मन, मस्तिष्क र शरीर सबैतिर थकित म
थ्याच्च बसेर भुइँमा
जून उदाउँदो आकाशको पृष्ठभूमिमा हेरिरहेछु रुखलार्इ।रुखलाई।
रुख उभिइरहेछ निर्धक्क, निस्फिक्रि।
</poem>