भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मित्रसेन / परिचय

5 bytes added, 04:03, 27 जनवरी 2022
/* नेपाल भ्रमण */
=====नेपाल भ्रमण=====
*(क) सन् १९३२ मास्टर मित्रसेन थापा मगर नेपाल प्रवेश गरेर आफ्नो पुर्ख्यौली थलो बाग्लुङ पुगेका थिए । त्यसबेला बाग्लुङ पाल्पा र गुल्मीको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवन र संरचनाको सूक्ष्म अध्ययन मनन एवं अवलोकन गरे ।*(ख) सन् १९३३ मा उनी फेरि नेपाल प्रवेश गरेर बाग्लुङ, पाल्पा, गुल्मी तथा काठमाडौं पुगे । यस भ्रमण अवधिमा नेपाली लोक संस्कृति, सामाजिक संरचना तथा लोक साहित्यको बारेमा गहिरो ज्ञान आर्जन गरे । समग्रमा उनको निष्कर्ष थियोः ‘नेपाली लोक संस्कृति, लोकगीत र लोकनृत्य अत्यन्त मनोरञ्जक, सन्देशमूलक, सकारात्मक तथा उच्चस्तरका छन् । तैपनि किन काठमाडौं राजदरबारमा तथा ठूला वडाका महलमा हिन्दी र उर्दूका तल्लो स्तरका मनोरञ्जन दिने नृत्य, गीत, नाटक तथा सांस्कृतिक ध्वनि छानिएका छन् ?’*(ग) सन् १९३५ को अन्ततिर फेरि नेपाल प्रवेश गरे । तत्कालीन नेपाल सरकारको अनुमति लिएर ६ वटा कलाकारका साथ कलकता पुगे । उनले आफैद्व रचना गरेका नाटक “बालभक्त ध्रुव” तथा “द्रौपदी”, “चीरहरण” को ग्रामाफोन डिस्कमा नाटक रेकर्ड गराए । सन् १९३७ नोभेम्बर २४ तारिखमा गोर्खा सेवक संख्या ४५ मा यस नाटकको विज्ञापन पनि भएको छ ।*(घ) सन् १९३७ मा यी ५ त्रिभुवन शाहदेवको गद्दी आरोहणको रजत समारोहमा भाग्सुबाट सांस्कृतिक टोली लिएर सो समारोहमा सहभागी हुन काठमाडौं आएका थिए ।*(ङ) सन् १९४४ सेप्टेम्बरको अन्तिम सातामा अन्तिमपटक पाल्पा प्रवेश गरे । पौराणिक कथामा आधारित “रिडी” को विषयमा नाटक लेखेर मञ्चन गरेका थिए । यसरी नेपाली रङ्गमञ्चीय साहित्यमा मित्रसेनको योगदान अविस्मरणीय रहेको छ ।
====साहित्य सिर्जना====
Mover, Reupload, Uploader
10,369
edits