भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=अबीर खालिङ |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=अबीर खालिङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
कुनै तरुणीको कम्मरमा
भरिएको गाग्रो भएर
बस्न सक्दैन गजमेर बुडाको अनुहार ।
कुनै नव-यौवनाको निम्ति
रुखको हाँगोमा बसेको जोडी रुप्पी पनि
हुन सक्दैन गजमेर बुड़ाको अनुहार।
टाड़ा कतै जाँदा
गजमेर बुडाको अनुहारले लोधर लगाउँछ
शुभ साइतलाई उसको अनुहारले
अपसकुन जनाउँछ।
भाटी जति चल्छ
त्यति नै साँझ-बिहानको चूल्हा जल्छ
बुडा गजमेरको छातीको समुद्रमा
मुटुको नाउ चल्छ
परिवारको चार जोडी आँखामा पनि
सन्तोषको दीयो जल्छ ।
यो भाटी उसको फोक्सो हो
परिवार शरीरमा श्वास वितरण गरिरहन्छ ।
अभावका रेखाहरुले
उसको जिन्दगीको चित्र
समय क्यान्भासमा कोरिदियो
भाग्यको घामले
जिन्दगीको पाखा नछोई अस्ताइदियो ।
अब कहाँ पाईन्छ र खोजेर देश
गजमेर बुडाको अनुहारमा
देश विदेश गईसकेको छ
गजमेर बुडाको अनुहारबाट ।
अर्निकोको हातमा
उसकै बाजेले बनाएको
छिनो र मार्तोल पो थियो कि ?
बलभद्र र अमरसिंहको हातमा
उसकै बाऊले कमाएको
खुकुरी पो थियो कि ?
अहिले गजमेर बुडालाई सबैले छि: छि: गर्छन
अपसकुन सम्झेर सबैले दूर दूर गर्छन ।
नियतिलाई मान्दैन ऊ
प्रारब्धसँग गुनासो गर्दैन ऊ
त्यसैले लिहीमा फलाम पिट्छ
मान्छेको ईश्वर फलाम
फलामको ऊ
उसको कार्य कति प्रणम्य हुन्छ ।
</poem>
{{KKRachna
|रचनाकार=अबीर खालिङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
कुनै तरुणीको कम्मरमा
भरिएको गाग्रो भएर
बस्न सक्दैन गजमेर बुडाको अनुहार ।
कुनै नव-यौवनाको निम्ति
रुखको हाँगोमा बसेको जोडी रुप्पी पनि
हुन सक्दैन गजमेर बुड़ाको अनुहार।
टाड़ा कतै जाँदा
गजमेर बुडाको अनुहारले लोधर लगाउँछ
शुभ साइतलाई उसको अनुहारले
अपसकुन जनाउँछ।
भाटी जति चल्छ
त्यति नै साँझ-बिहानको चूल्हा जल्छ
बुडा गजमेरको छातीको समुद्रमा
मुटुको नाउ चल्छ
परिवारको चार जोडी आँखामा पनि
सन्तोषको दीयो जल्छ ।
यो भाटी उसको फोक्सो हो
परिवार शरीरमा श्वास वितरण गरिरहन्छ ।
अभावका रेखाहरुले
उसको जिन्दगीको चित्र
समय क्यान्भासमा कोरिदियो
भाग्यको घामले
जिन्दगीको पाखा नछोई अस्ताइदियो ।
अब कहाँ पाईन्छ र खोजेर देश
गजमेर बुडाको अनुहारमा
देश विदेश गईसकेको छ
गजमेर बुडाको अनुहारबाट ।
अर्निकोको हातमा
उसकै बाजेले बनाएको
छिनो र मार्तोल पो थियो कि ?
बलभद्र र अमरसिंहको हातमा
उसकै बाऊले कमाएको
खुकुरी पो थियो कि ?
अहिले गजमेर बुडालाई सबैले छि: छि: गर्छन
अपसकुन सम्झेर सबैले दूर दूर गर्छन ।
नियतिलाई मान्दैन ऊ
प्रारब्धसँग गुनासो गर्दैन ऊ
त्यसैले लिहीमा फलाम पिट्छ
मान्छेको ईश्वर फलाम
फलामको ऊ
उसको कार्य कति प्रणम्य हुन्छ ।
</poem>