1,904 bytes added,
14:39, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
घरका कोठाहरू किन यत्ति रित्ता छन् ?
हेरिरहेछु,
नियाल्छु, संरचनाभित्र नअटाएका
अतिरिक्त ठानिएर छाडिएका कैयन् संरचनाहरू ।
अचानो बनेका सम्बन्धहरू
समयको दापभित्र लुकाएर आफैलाई
पर्खिबसेका छन् समयकै प्रहार
जीवनका मञ्चहरूलाई अस्ताउनकै निम्ति छाडिदिएर,
अर्को रङ्गशालामा उक्लिसकेको छ समय
समाउन नसकेका क्षण-प्रतिक्षणमा
विभाजन छ, इतिहासका रित्ता कोखहरूको ।
अनौठोसँग भाँचिदो छ समय,
अनेक नामहरू जुर्दै छन्, जुराइँदै छन्
उछिट्टिएर कैयन् टुक्राहरू
परिभ्रमणमा छन् अवसरहरूको ।
बगिरहेछन् तरङ्गहरू
थपिँदै गएको यो अपरिचित अनुभूति के को हो ?
छामिरहेछु, आफ्नै मुटुका दुखाइहरू ।
</poem>