सँगै तिमी उज्याली छौ जून चाहिंदैन
जीवनको स्वाद मीठो नून चाँहिदैन
गाइरहूँ यसैगरी पल पल गजल
सातै सुर सरगम तिमी धून चाँहिदैन
जति लायो त्यति दुख्ने गहनाको भारी
तिमी नै हौ हिरा मोती सुन चाँहिदैन
यति धेरै लामो यात्रा हिड्ने बेला तिमी
हाँसिदए पुग्छ बेग्लै सगुन चाँहिदैन
सँगै तिमी उज्याली छौ जून चाहिंदैन
जीवनको स्वाद मीठो नून चाँहिदैन