पग्लिरहेझैँ लाग्छ मेरो हृदय
मैनबत्तीजसरी बिस्तारैबिस्तारै;
मदिरा हैन,
बाक्लो तेल बगिरहेझैँ लाग्छ नशामा मेरा।
भागिरहेझैँ लाग्छ
जीवन
मृगशावकजसरी मन्दमन्द
बिस्तारैबिस्तारै।
पग्लिरहेझैँ लाग्छ मेरो हृदय
मैनबत्तीजसरी बिस्तारैबिस्तारै;
मदिरा हैन,
बाक्लो तेल बगिरहेझैँ लाग्छ नशामा मेरा।
भागिरहेझैँ लाग्छ
जीवन
मृगशावकजसरी मन्दमन्द
बिस्तारैबिस्तारै।