Last modified on 21 अगस्त 2020, at 21:40

सुखी जीवन / नाजी करिम / सुमन पोखरेल

बतासलाई समर्पण गरौँ आफ्ना निःश्वास
उज्यालालाई दिऔँ हाम्रा हृदय
र हिँडौँ निडरताका साथ
निस्फिक्री
चेतनाले मातिएर ।

यसबाहेक अर्को कुनै संसार छैन,
खुसीले भरेर हृदयलाई
बाँचौँ हामी
यहीं र यसै क्षण ।