सुनौलो रङ्को बिहानी छैन / गीता त्रिपाठी

सुनौलो रङ्को बिहानी छैन आँखाको नानीमा
के पर्‍यो सबै मैलियो आज देशको पानीमा
 
तिर्खाए जत्ति सबैको प्यास मेटाइरहन्थ्यो
पाटी र पौवा, चौतारीभञ्ज्याङ् भेटाइरहन्थ्यो
कसरी जम्यो नेपाली मन ढुङ्गाको बानीमा
के पर्‍यो सबै मैलियो आज देशको पानीमा
 
सौभाग्य रङ्ग परेर फुल्दा नारीको सिउँदो
वासन्ती छटा ब्यूँझे झैँ हुन्थ्यो धरती जिउँदो
कसरी पैरो खसेर पुर्‍यो दिलको खानीमा
के पर्‍यो सबै मैलियो आज देशको पानीमा

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.