हेर हाम्रो डाँडापाखा / गीता त्रिपाठी

हेर हाम्रो डाँडापाखा मुस्कुराउन छोडे
जस्लाई उनले हुर्काएथे तिनले नाता तोडे
फलेसम्म मीठा फल खाए खोसीखोसी
आज एउटाअर्कोलाई ठान्न लाग्यो दोषी
 
गाउँका थुँङ्गा फक्रिएर सहर हाँसेको'थ्यो
मनको बारी खुला पारी नेपाल बाँचेको'थ्यो
पैले खरसरि सुकाई फेरि आगो झोसी
आज एउटाअर्कोलाई ठान्न लाग्यो दोषी
 
गर्दै थियो गाउँसहर सँगै हातेमालो
भेटिए'थ्यो उन्नतिको पथमा हिँड्ने पालो
कसलाई पोल्यो छातीभित्र नेपालीको खुसी
आज एउटाअर्कोलाई ठान्न लाग्यो दोषी

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.