भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छाया / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:21, 11 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



सम्झिन्छु– अझै सम्झिन्छु
प्रचण्ड गर्मीको त्यो दिन !

उक्लदै उकालीहरू आयौ तिमी
सुस्तायौ छायामा र हेर्‍यौ टाढाको क्षितिज
पुछ्यौ निधारका पसिना र मेट्यौ थकान,

सम्झिन्छु– नदीजस्तो तिम्रो यात्रा
र, मेरो किनारजस्तो जीवन– एकैपल्ट सम्झिन्छु !

मनमा कत्रो सन्तुष्टि थियो
एकैछिनलाई सही छहारी त भएँ तिम्रो
तर फेरि उठेर हिड्यौ तिमी आफ्नै गन्तव्यतिर

म एउटा छाया !
रूखभन्दा पर मेरो अस्तित्व छैन
चाहेर पनि हिड्न सक्दिनँ म कुनै प्रिय बटुवासँग,

आफू अचल उभिरहेको सम्झिन्छु
तिमी टाढा– धेरै टाढा पुगेको सम्झिन्छु !