भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रजातन्त्र मेरो देशलाई / किशोर पहाडी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:59, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किशोर पहाडी |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आकाशमा ताराहरू छन्,
धरतीमा किन छैन ?
भएको भए खल्तीभरि
तिनै ताराहरू लिएर जान हुन्थ्यो,
अफिसबाट घरमा
ती साना छोराछोरीलाई
एकेकोटा बाँड्न हुन्थ्यो,
र भन्न हुन्थ्यो— “यो प्रजातन्त्र हो—
   ल, उपभोग गर ।”

छोराछोरीले ती ताराहरू के गर्दा हुन् ?
छोराछोरीले प्रजातन्त्रलाई के गर्दा हुन् ?
— बगैँचाको फूल ठानेर
कपालमा सिउरिँदा हुन् कि ?
— काँचका गुच्चा ठानेर
औँलामा राखी खेल्दा हुन् कि ?
 या त दुधिलो चकलेट ठानेर
मुखमा राखी मर्याङमर्याङ टोक्दा हुन् कि ?
— हावाको भकुन्डो ठानेर कि नभए
त्यसैलाई लात्तीले हानी मिल्काउँदा हुन् कि ?

म बुइँगलमा छु,
उनीहरू तल आँगनमा छन् ।
नत्र म तिनीहरूलाई भन्ने थिएँ—
“बाबूहो। यसो नगर,
बरु, सबैले आ–आफ्नो तारा
एकै ठाउँमा बटुलेर राख
— त्यसले
कमसेकम हाम्रोघर त उज्यालो होला ।”