भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लखन स्मृति / विष्णु न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:37, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

धवल कीर्तिमा अतुल शुद्धता ।
अथक साधकी नियत उच्चता ।।
अटल प्रेमले सगर पग्लियो ।
अमर बन्दिँदा जगत अग्लियो ।।
(१)
लखन बाण हुन् गगन भेदकी ।
जगत बुझ्नमा अधिक पारखी ।।
पवन झुल्दथे सदन खुल्दथे ।
लखन बोल्दिँदा जगत भुल्दथे ।।
  (२)
द्रवित भावना शिखर चुम्दछन् ।
ललित रागमा श्रमिक खुल्दछन् ।।
मिलन मानवी सरल सौरभ ।
जगत माझमा सुजन गौरव ।।
  (३)
अब त बस्तछन् सुगति धाममा ।
सहज बन्दथे सृजित काममा ।।
जगत ज्योति भै अधिक बल्दछन् ।
अमर भूमिमा लखन चल्दछन् ।।
(४)
लखन मर्दछन् नभन बान्धव ।
सयन गर्दछन् सगर धावक ।।
कमल फुल्दछन् जलधि धाममा ।
लखन बाँच्तछन् श्रमिक माझमा ।।
(प्रथम शहीद लखन थापाको सम्झनामा)