भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भानुभक्त / तुलसीबहादुर छेत्री

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:28, 10 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=तुलसीबहादुर छेत्री |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

१. छ भक्तिपूर्ण सम्झना।
    सुभक्त भानु-भक्तको।।

२ समाज दीन-हीन थ्यो अयोग्य अन्धकारमा
    समस्त छिन्न-भिन्न थ्यो विलुप्त जीतहारमा।
    सुशान्तिको नयाँ छटा नवीन भान देखियो
    र काट मार लूटको विचित्र चित्र पल्टियो।।

३. छ भक्तिपूर्ण सम्झना।
    सुभक्त भानु-भक्तको॥

४. पढेर गाउँदै सबै सुप्रेम राग मस्त भै।
    नवीन मार्गमा हिँडे मिलाई हात एक भै।
    सुदीर्घ गीत-रागले पहाड खण्ड गुन्जियो
    महान शक्ति जाग्न गो सुनेर राम नाम त्यो।

५. छ भक्तिपूर्ण सम्झना
    सुभक्त भानु-भक्तको॥

६. समूल काण्ड हौ तिमी सदैव उच्च आश ली
    खपेर घाम औ झरी बढ्यौ र आज हर्ष ली।
    सुवृक्ष मौलियो यहाँ अनेक रङ्ग फैलियो
    नवीन पालुवाहरू बढेर आज पुष्ट भो।

७. छ भक्तिपूर्ण सम्झना
    सुभक्त भानु-भक्तको॥

८ हजार कोपिला फुले. अनेक पुष्प फक्रिए
     सुवृक्ष एक पो थियो सहस्र राग गुन्जिए
     स्वजाति धर्म कर्मको महत्व आज बढ्न गो
     असार जन्म सार्थ भो स्वदेश प्रेम जाग्न गो।

९. छ भक्तिपर्ण सम्मना ।
     सुभक्त भानुभक्तको॥

१०. सुकर्म ऐक्य प्रेमको र शुद्ध मार्ग त्यागको
      रहन्छ याद चित्तमा सुनेर शुद्ध नाम त्यो।
      तसर्थ सम्झना सधैँ रहन्छ भानुभक्तको
      मनुष्य भै मनुष्यता कहाँ गुमिन्थ्यो बन्धु हो?

११. छ भक्तिपूर्ण सम्झना।
      सुभक्त भानुभक्तको॥