भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अग्निपथ / विप्लव प्रतीक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:40, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


यो एउटा गोरेटो साँगुरो
धेरै पर पुगेपछि दोबाटाहरू भेटिनेछन्
अनि अझ} पर, धेरै पर पुगेपछि मात्रै राजमार्ग भेटिनेछ
त्यहाँ पुग्नेहरूले खबर लिएर आएका
बाटो कति लामो छ भनेर ।
त्यो बाटो लड्खडाउने पाइलाहरूका निम्ति होइन
आगो र आँधीसँग डराउनेहरू यो बाटो हिँड\दैनन्
हिम्मत र लडाइँको बाटो हो यो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
र तर्कको तर्कसँग
बूढो रूख त ढल्नु नै छ
या नदी सागरसँग मिल्नेछ ।

हिँड्दाहिँड्दै यस बाटामा तर्साउने कुरा पर्याप्त् छन\
उल्टो दिशाबाट बहुलाजस्तै चिच्च्याउँदै मानिसहरू आउनेछन्
रोकेर सोधे तिनलाई
तिनले भन्नेछन्बाटो डरलाग्दो छ ।
तिमीलाई पनि डर लाग्न सक्नेछ
फर्किन पनि सक्छौ तिमी बीचैबाट
रगतमा लतपत कोही मर्नै आँटेका् हुनेछन
र कति त मरिसकेका हुनेछन्
कहाली लाग्न सक्छ तिमीलाई पनि पराजयको
त्यसबाहेक पूर्वाग्रहको तमाखु पिउँदै बसेका
छद्मभेषी भिखारीहरू तिमीलाई नै रुँगेर बसेका् हुनेछन
कुनै हतियार हुनेछैन तिमीसँग युद्ध गर्न
कुनै अस्त्र हुनेछैन तिमीसँग युद्ध जित्न
न सुस्ताउन गुलाफको पूmलको सिरानी
न हरिया मैदान र नीला आकाश
केहीकेही हुनेछैनन्
आगो र आँधीबाहेक ।

हिम्मतको हतियारमा खिया पर्नु हुन्न
दृढ आकाङ्क्षाको ढाल प्वाल पर्नु हुन्न
मैदान जित्नु छ भने निहुरिनु हुन्न
पसल थापेर स्वाभिमानको व्यापार गर्नु हुन्न
हिम्मत र लडाइँको बाटो यो हो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
अनि तर्कको तर्कसँग ।
त्यहाँ पुग्ने अर्काथरीले खबर लिएर आएका
बूढो रूख त ढल्ने नै छ
या नदी सागरसँग मिल्नेछ ।