भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सर्पले गीत सुन्दैन / हिरा आकाश

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:48, 3 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पोखरीको पानी
धमिलिएको छ यतिबेला
उन्मत्त पौडिरहेका माछाहरू देखिदैनन्
मात्र भ्यागुताहरू उफ्रेको देखिन्छन
र,
दाउमा बसेका केही सर्पहरू देखिनछन् ।

सर्पहरू जो भ्यगुता खान पल्केका छन्
सर्पहरू जो मात्र बिषपान गर्न सल्केका छन्
यिनीहरूलाई सग्लो पानीको कुनै वास्ता हुदैन
यिनीहरूलाई पानीभित्र बस्ने
माछाहरूको पनि मतलब हुदैन
यिनीहरूलाई त आहार भए पुग्छ
यिनीहरूलाई त ठुङ्न पाए पुग्छ
चाहे भ्यागुता होस
या फेरि माछाहरू
सर्पलाई बिष पोख्न पाए पुग्छ ।

हो,
पोखरीको पानी धमिलिएको छ यसबेला
र, सर्पहरू जाप लगाइएरहेछन्
शान्ति यात्रा गरी रहेछन्
दुलो दुलोबाट निस्केर
त्यसैले दर्शनको कुरा नसुनाऊ उनिहरूलाई ।

जहिले पनि
प्रगति र शान्तिको विरोधी हो सर्प
यसैले सर्पलाई
गरुड पुराण नसुनाऊ
बालुन र बिथोलिन नसुनाऊ
सर्प बहिरो हुन्छ सर्पले गीत सुन्दैन ।