भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अर्को चिठ्ठी पठाउनुहोला / केवलपुरे किसान

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:11, 12 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई

जागिर खान जानुभयो घरबार छोडी
छुट्टिएर बस्नुपर्यो हामी दुवै जोडी
मरे-जिउँदो थाहा छैन भन्थे सधैंभरि
यसैपाला खबर पाएँ भेटेजस्तै गरी
अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई

तपाईंले कमाएका ती ढुङ्ग्री र बाला
त्यै बेचेर दशैं मान्यौं नराम्रो छ चाला
स्याँस्याँ गर्छन् केटाकेटी लाग्ने रुघाखोकी
यो सालको तुषाराले सिध्याइदिने हो कि?
दिउँसो लाको छिट्को टालो राति पनि फुकाल्छु ओढ्नलाई
यतातिर सन्चै छौं हामी कैले केही नहोस् है हजुरलाई