भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखा छोपी नरोउ भनि / कालीप्रसाद रिजाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:16, 7 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ

भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्किआउने हो कि होइन केही थाहा छैन
वाचा छिटै आउँछु भनी गर्नु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ

छातीभरि गाँउ-बेँसी पखेरीको छाया
आखाँभरि मेलापात मायालुको माया
आँफैलाई छाडी कतै जानु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँसु झरी रह्यो
कुल्चिएर आफैँलाई हिँड्नु पर्‍या'छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या'छ