भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

? ! / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


निधारमा
आलो रगतको टीका
नमस्ते गर्दै उठेको हातबाट
रगत चुहिरहेको
तप्
तप्
 0

रगतसरिको ओँठ मुस्कुराइरहेको
रातो मुस्कान
रगतमा डुबेर जुत्ता हिलै
मोजाको घेरोदेखि अझ माथि
घुँडासम्मै भिजेको रगतले

जुलियस सिजरको रगतको भेल तरेर
जनसमूहअघिल्तिर आइपुगेको
उ तर ब्रुटस होइन
(ब्रुटसको बोली र वीरतादेखि त उ
हजार प्रकाशवर्ष टाढामा छ !)

को हो त उ ?
कोही होइन ।
बस्, हाम्रै एक डरलाग्दो आविष्कार !