भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अँध्यारोको मौनतामा / भूपिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:42, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपिन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अँध्यारोको मौनतामा
केहो पनि नचिन्न अभिशप्त भएको बेला
सिर्फ बोलिदिनु तिमी
म तिम्रो आवाजलाई चिन्नेछु !

अँध्यारोमा
बगिरहेको नदी देखिनेछैन
तर नदीको आवाज सुनिनेछ
अँध्यारोमा
रोइरहेका मानिसहरु देखिनेछैनन्
तर रुवाइको आवाज सुनिनेछ !
अँध्यारोमा
जीवन
प्रेमभोक
र पीडाका संवादहरु निर्लिप्त भएको बेला
अँध्यारोमा
एकअर्कालाई चिन्न असमर्थ भइरहेको बेला
एकअर्कालाई बुझ्न असमर्थ भइरहेको बेला
बाँच्ने विकल्प केहि नरहेको बेला

सिर्फ बोलिदिनु तिमी
म तिम्रो आवाजलाई पछ्याउनेछु !

अँध्यारोको मौनतामा
आवाजहरुमात्र विकल्प रहनेछन हामीसंग
आँफूलाई चिनाउन !