भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अग्लो त्यो पहाड चढे पो / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो
जे देख्छौ क्षितिजमा पढे पो हुन्थ्यो

आफ्नै र्सतमा तिमी बाँच्न त खोज्छौ -
दुनियासित पनि बरु लडे पो हुन्थ्यो

मञ्जुर थिएन यदि कसैको अन्ध अनुकरण
परिभाषा आफ्नै नयाँ गढे पो हुन्थ्यो

बिरालोको घाटीमा त्यो घण्टी बाध्ने-
को छ खोइ - अघि बढे पो हुन्थ्यो

ठेस लागे अचानक उठ्छौ कुन्नि कसरी
था' पाउन कुनै दिन लडे पो हुन्थ्यो