भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अतिथिहरू / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:01, 22 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

क.
दूरदेशका आए अतिथि
भारत–सागरका यी दूत !
लच्की आए, मुस्की आए,
चिरपरिचित झैं, किरणप्रसूत !
पथ जानेका मेरा घरको
नील अचलका चुली वार !
आए, आए !
मेरा स्वदेशी नीलिभ वनतिर
जल कोमल छन्, चुहिन तयार !
 
ख.
ज्येष्ठ मासको ज्वलन निभाउन,
ताप सियालन आए ती
क्लान्त मेरो एकान्त मिटाउन,
समय बियालन आए ती
चढ्छन्हात्ती, चढ्छन्घोडा
सहृद्सुकोमल –बहुआकार !
पुष्प–पीडा दिलका बुझ्छन्!
पङ्ख फिंजार्दा,
हृद्रस झार्दा,
वाष्प–रुपिणी करुणाका यी,
पानी–भार !
 
ग.
के, के ल्यायौ ? सलिल–सँगी हो !
कोमल, कोमल ऊन सरि !
रत्ननिधिले सम्झन्छन् के
स्थल–दरिद्री पापीहरुकन,
शुष्कहरुकन, माया गरी ?
अध्यात्म–जगत्का प्रखर खडेरी,
वर्षी, मेट !
मानवताका शुष्क जराहरु
मर्नै आँटे यस उपवनमा,
घुस्दै भेट!
शुष्क र निर्धन जगत्धनी गर,
पन्ना किन्ने मोती फाल !
सधूली नभ यो रुग्ण छ, नग्न छ,
धोऊ, पखाल !
साँझ–बुना पोशाक उज्यालो,
सुन्दर शैली,
यसमा हाल !
ज्वलित जगत्का ए उद्धारक !
वरुणदेवका करुण छाया !
समवेदना ए थलसँग जलका !
मानवताझैं कवि हृन्नभमा
छाउँदा हलुका !
ऋतु–क्रम स्मृति ए अतट विपुलका !
युग–चक्रका झैं ए झिल्का !
कोही परम करुण छ उतातिर !
क्या माया !
ए जलट हो ! फैली, फैली,
छाया डाल !
दायाँ बायाँ !
 
घ.
अतिथिहरु हो पाद पवित्र
कविदृग–जलले धुन देओ !
कोमलका ए आत्माहरु हो !
कल्पनाका हात नरमले
नरम पखेटा छुन देओ!
अरुका दुःखका पग्ली मिट्ने !
दर्शन पाएँ, रुन देओ !
कसरी अस्थि पवि परिणत छन्
सङ्घर्षहरुमा भनिदेओ !
कसरी पुनरुद्दीपित भू हुन्
गाई, ताली गनिदेओ !
महापुरुषका नाटक गर, झर !
प्रेरक भावका जुनि लेओ !
 
ङ.
दृश्यपटमा कलिलो रङ्गले
छोई आयौ बादल हो !
करुणा जन्मी तिम्रा सँगमा !
वसुन्धराले घायल हो !
शहीदहरुका हृदय तिमी होऊ,
बलिदानका ए पागल हो !
स्वर्गका हे ङ्गारहरुश्रृ हो !
दिवसप्रभाका गाजल हो!

च.
आज मुजूर भो मन बहुरङ्गी !
त्यसमा वाणी मुदित चढिन्!
रोमहर्ष भै, प्रकृति तिम्रो
सन्देश गीतिका निम्ति अडिन्!
बोल, बोल, ए मेरा अतिथि !
पुनरुद्दीपन राग ! झर !
मर–मिटको जल–सङ्गीत मनोहर
कवि–आत्माको तृप्ति गाराई
छर न, छर !
अविश्लेष्य, अनिर्वचनीय,अनुपम,
आनाकधरा, व्यापक, महान्,
महामधुर एक सङ्गीत जगत्को,
जो हो अविरल, निश्छल, अविकल,
विकास–उज्यालो बलिदान !
 
छ.
अतिथि तिमीहरु घर घर गर्दै
जल बन्दिन्छौ पग्ली प्राण !
शून्य गगनमा सब कुर्वान !
बर्षिरहन्छौ, बर्षिरहन्छौ,
मानव दिलमा तर हे निरन्तर !
बर्षिरहन्छौ अनजान !