भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनायासै हुरी चली / श्याम तमोट

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:19, 23 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्याम तमोट |अनुवादक= |संग्रह= }} {{KKCatGee...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अनायासै हुरी चली फूल झारे पनि
बसन्तका यामहरु अझै बाँकी नै छन् ।

निदरीलाई भंग पारी सपना चोरे पनि
मुटु भित्र ढुकढुकी अझै बाँकी नै छन् ।
मानिसले सोचे जस्तो कहाँ हुँदो रैछ
नसोचेको विपत्तीले मन रुदो रैछ

आँसु खसी आँखाहरु रित्तिगए पनि
मुस्काउने ओठहरु अझै बाँकी नै छन्
अनायासै हुरी चली फूल झारे पनि
बसन्तका यामहरु अझै बाँकी नै छन् ।

चोटमाथि चोट परी छिया भयो छाती
आपतमा धैर्य भन्दा को होला र साथी
भुमरीको बीच जीवन डुंगा परे पनि
किनार पुग्ने आशाहरु अझै बाँकी नै छन्