भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनुभूति / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


स्मरण छ-,
त्यो रात,
अलकन्दा मन्द गतिले
नाच्दै हरित शिखर्, चपला चालले
हिंडेकी थिई मानो कसको आशामा ;
लागेका थिए नील गगनमा
शुभ्र मेघमेला
शुभ्र जोत्स्‍नामा
उत्कण्ठित थियो विभोर वासनाले
कमल-मुकुल
उत्पल नीरमा ।

अलकनन्दा आइपुगी त्यहाँ
केही नै पाएकोजसो आफैलाई लुटाई
छरिएर झरी तरङ्ग उच्छ्‍वासले
सरी छातीमा

त्यसकै तीर
तृण आसन
बसेको थिएँ म जुनेली गोपन<ref>गोपन-Poetic License., गोपनीयता; गुप्तता, गुप्त । </ref>
मौन मुखर विश्वकविको चरण
मूक-छन्द उनका, लास्य लय
आनन्द भङ्गिमाले
नाच्दै उठयो हृदयमा मेरो
जीवन विभोर गरेर
छन्दविमूढ, भएर मानो
जन्म लिएछ पद्मले
त्यही, त्यो रातका छन्दका छन्दका चटक<ref>चटक-छटा; glamour</ref>
बोध-विमूढताले-
मेरो जीवनका
ठेल्दै-ठेल्दै मलाई पुर्‍याउँछ
कोमल कठोर धराको आवेशमा
छन्द लयको बोध अनुभवले
विश्‍वकविका मर्म खोज्‍न-
-संसारमा ।

शब्दार्थ
<references/>