Last modified on 8 मई 2017, at 10:50

अनुहार / अशेष मल्ल

बिहान सबेरै
उठेर ऐना हेरेँ
चर्किएको थियो
थाहा भएन
मेरो अनुहार चर्किएको थियो
कि ऐना
किन चर्किन्छ
यसरी एकाएक
अनुहार कि ऐना
कि बेहोस छु म
नत्र कि बेहोस छ ऐना
किन चर्किन्छ
केवल अनुहार
एकाएक बिहान ?
 हुन सक्छ
रातभर पाप रचेपछि
ऐनाझैँ चर्किन्छ अनुहार ।