Last modified on 16 अगस्त 2017, at 15:51

अप्रत्याशित / विप्लव प्रतीक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:51, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


सपनाहरू
कति कुहिएका पनि छन्सायद
तैपनि म बोकिरहेछु काँधमा
छातीमा प्रीत छ
मैले चाहेको मेरो संसार
मेरै आँगनमा म खोज्दै बसेको पनि छु
म यात्रामा थाकेर सुस्ताएको पनि होइन
तर, म भड्की पनि रहेको छु कताकता
लक्ष्यको परेवा समाते पनि
कहिले समात्दैछु, कहिले फुत्किँदैछ ।
नभेटेका कुरा त छँदैछ
कति भेटेका वस्तु पनि नभेटेका जस्ता देखिन्छन्
त्यतिखेर किन चिच्च्याउन मन नलागोस्त मलाई ?
किन आँधीझैँ वेग नमारूँ ?
अनि किन आगोझैँ हुरहुरिँदै नबलूँ त म ?

तर, एक्कासि सेलाएँ भने म ?
हँ, अचानक म मरेँ भने,रातिभरेनै ?
कहाँ बात मार्छन् होलान्
यी मभित्रका मेरा अन्तर्द्वन्द्व
आर्तनाद अनि अनुभवहरू ?

साँच्चै, म मरेँ भने, के हुन्छ होला, भरे राति नै ?