भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अभिशाप / विप्लव प्रतीक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:49, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


सूर्य त्यही हो र चन्द्र पनि त्यही हो
सूर्य मलाई गरम लाग्छ र चन्द्र शीतल
र मलाई थाहा छ, तिम्रो र मेरो अनुभूति एउटै हो
र यो पनि थाहा छ
या त म पागल हुँ या त तिमी पागल ।
म कहिलेकाहीँ त्यही सूर्यको निम्ति झ्गडा गरिरहन्छु
र तिमी चन्द्रको निम्ति मसँग रिसाइरहन्छौ
या त म गलत छु कि त तिमी गलत छौ ।

जबसम्म दृष्टिलाई मोह, स्वार्थ र अहंका पर्दाहरूले
झयाप्प छोपिरहन्छन्
जबसम्म ईर्ष्या, उग्र महत्वाकाङ्क्षाका जालाहरूले
झयाम्म जेलिरहन्छन्
सायद दुईमध्ये एक पक्ष र अर्को विपक्ष हुनुपर्ने हो कि ?
सायद एक उत्तर अर्को दक्षिण धु्रव हुनुपर्ने हो कि ?
खोइ कहाँ ओइलाए ती आपसी मायाका पूmलहरू ?
खोइ यहाँ सद्भावनाका मूलहरू ?
खोइ यहाँ प्रेमको करेसा ? खोइ यहाँ जिन्दगीको ड्याङ्ग् ?

के एकअर्काबीच प्रतिस्पर्धामै
भुल्यौँ त हामीले गर्नुपर्ने कुराहरू ?
के एकअर्काबीच खनिएका द्वेषको धरापमै
गुमायौँ त हामीले जिन्दगीको एक सुनौलो पाटो ?