भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अभि सुवेदी / परिचय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:44, 24 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अभि सुवेदी (अङ्ग्रेजी: Abhi Subedi जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन् । उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ । करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।

अभि सुवेदीको जन्म वि.स. २००२ असार १७ मा तेह्रथुम जिल्लाको साब्लामा भएको हो । आफू सानै हुँदा बुवाको देहान्त भएका सुवेदीले प्रारम्भिक शिक्षादीक्षा आमाबाट नै प्राप्त गरे । उनी स्कूलको पढाइ साब्लामा नै पूरा गरेर कलेज पढनका लागि धरान झरे ।

सुवेदीले त्रिभुवन विश्वविद्यालय, नेपालबाट एम्. ए.(अङ्ग्रेजी), तथा बेलायतबाट भाषाशास्त्रमा एम. एस्सी. एवम्, विद्यावारिधीको उपाधी हासिल गरेका छन् ।

अभि सुवेदी करिव चालीस वर्ष त्रिभुवन विश्वविध्यालयमा प्राध्यापन गरी हाल सेवा निवृत्त भएका छन् । उनी हाल स्वतन्त्ररूपमा सिर्जनारत छन् ।


स्रोतः स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया - अभि सुवेदी २४ जुलाई २०१७