भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अवतार / प्रकाश सायमी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कुनै दिन तिमी मुसा थियौ,
त्यो पहिलो सत्य थियो
पछि तिमीले मुसाको मासु खान बिरालो भयौ ...
स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो
तिमीले रूप फेरेर कुकुर भयौ ...
कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ
फेरि तिमीले रूप परिवर्तन गर्यौ
तिमीलाई कुकुर भन्दा बलियो बन्नु थियो
तिमीले अवतार परिवर्तन गरेर बाघ भयौ ।।
बाघै त थियौ तिमी ..
तर बाघ भएर पनि तिम्रो अहम् बद्लिएन ..
बाघलाई पनि शासन गर्न तिमी
विस्तारै विस्तारै ...
सिंह बन्दै गयौ ...
सबैको राजा सिँह ।
सिंह त कहाँ थियौ र तिमी  ?
आवरण मात्रै त थियो ,
आफूलाई छोप्ने र अरूबाट बच्ने
तिम्रो खोक्रो आवरण ।
बिरालोदेखि कुकूर
कुकुरदेखि बाघ
बाघदेखि सिँह हुँदा
तिमीले धेरै पटक अवतार बदल्यौ
तर तिमीले तिमी भित्रको मुसाको
लोभ कहिल्यै बदल्न सकेनौँ ।
तिमीभित्र मुसा सधैँ बाँचिरह्यो ..
अन्ततः तिमी मुसा नै हौ ।