भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अस्तित्व विहीन / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यी कठीन क्षणहरुमा
ढाढसका दुइ शब्दहरुको तिर्सना
मनभित्र पोको पारेर
डल्लाएको क्षण
तिमीलाई संझीरहेछु
कहाँ छु ?
कस्तो छु ?
किन छु ?
न प्रश्नको कुनै प्रश्न कतै वज्छ
न उत्तरको कुनै पंक्ति कतै तैरिन्छ ।

खुशी भएर थामी नसक्नु
उम्लीएका भेलहरु न वाडन सकिरहेछु ।
न बुझाउन कुनै विशेष
प्रयाशको लिस्नो तयार पार्न अघि सर्न सकिरहेछु
कस्तो छौ ?
कता छौ ?
किन छौ ?
न सोध्न ओठहरु सल्बलाउछन
कता कता विश्वास भएजस्तो
कि तिमी कतै छैनौ
कहि पनि बस्दैनौ ।

अस्तित्व विहिनलाइ हृदयमा
पालेर
राखेर
न म बन्छु
न मेरो देश बन्छ ।