Last modified on 6 मार्च 2017, at 20:36

आँखाको नानीमा मेरो देश हुन्छ / एस्पी कोइराला

आँखाको नानीमा मेरो देश हुन्छ
देशलाई दुख्दा मेरो मुटु रुन्छ
सुन्दर छ भूभाग भावना विशाल
मनमा छ मुटुमा शिरमा नेपाल

वीरताको जगमा यो राष्ट्र उठ्छ
शहिदलाई बिर्से मेचीकाली दुख्छ
पुर्खाको पाइला जब हामी टेक्छौं
त्यहींबाट हेर्दा बल्ल देश देख्छौं

जन्म यो भूमिले जब केही माग्छ
माटोसित मुटु साट्न मन लाग्छ
नेपालकै नाममा केही गर्न पाऊँ
आमाकै काखमा हाँसीहाँसी मर्न पाऊँ