Last modified on 21 मई 2017, at 09:48

आँखाको भाखा / रत्न शमशेर थापा

आँखाको भाखा आँखैले, राम्ररी बुझी सम्झनु
सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु २

रिमझिमे हल्का शीतले, गीत मधुरो गाउला २
सुनौला घामको झुल्काले, काउकुती मिठो लाउला
प्रेमको कुरा प्रेमैले, मनमा गुनी राख्नु
सुटुक्क दिउँला….

जिस्कि मस्किने चन्द्रलाई, धरती मै हामी डाकौला २
आफ्नै मनको संसारमा, सुखको श्वास फेरौंला
मुटुको बोलि मुटुले, सुनेर हांसी रहनु
सुटुक्क दिउँला….