भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखाभरि खोलानाला ताल राख्याछु / मनु ब्राजाकी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखाभरि खोलानाला ताल राख्याछु
हृदयमा समुद्रको छाल राख्याछु ।

आँसु पुछ्न अब भने सजिलो भयो,
गोजीभित्र उसैको रुमाल राख्याछु ।

सुरक्षाका लागि तरबार बोकेछौ,
मैले भने आफ्नो लागि ढाल राख्याछु ।

तिमीलाई माया यति धेरै गरेछु,
मैले आफ्नो नाम नै नेपाल राख्याछु ।

फेरि पनि बिर्सिदिने हौ कि भनेर,
मैले आपुनो नाम नै नेपाल राख्याछु ।

एक्लो ठानी हेपौला कि भन्ने सम्झेर,
मैले पनि ‘मनु’को बगाल राख्याछु