भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखा भरी तिम्रो तस्वीर / अम्बर गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आँखा भरी तिम्रो तस्वीर, छाती भरी गीत
कुनै आवेश होइन मेरो, यति दामी प्रीत

मनितो र मान होइन, कुनै इम्तिहान होइन
साहाराको हात नखोज, योत खोजी पनि होइन
तिम्रो मात्र कथा होइन, मेरो मात्र कथा होईन
नहिडने बाटो होइन, बन्ने अर्को बाटो होइन

कदम पछि तिम्रो छाप, मुटु भरी मित
अनुभव लाई मात्र होइन, मेरो दामी प्रीत

संधै भरी अंगालोमा, बाँधी राख्ने म त होइन
सबे भुलि तिमी मात्र, सम्झिरहने म त होइन
यो त सार्‍हो महँगो होइन, धेरै सस्तो पनि होइन
मेरो प्रीत मजस्तो छु, त्यस्तै त्यस्तै पनि होइन

इच्छा भरी तिम्रो चाह, प्रित भरी होत
तिम्रो लागि मात्र होइन, सबलाई लागउन प्रीत